भारतले नेपाललाई दियो १५० थान आईसीयू शय्या

काठमाडौं , साउन ३ । छिमेकी देश भारतले नेपाललाई अप्ठ्यारो पर्दा सहयोग गरिरहेको हुन्छ ।

कोरोना महामारीमा पनि भारतले नेपलाई सहयोग गर्दै आएको छ । सहयोग गर्ने क्रममै नेपाललाई भारत सरकारले १५० थान आईसीयू शय्या सहयोग गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आज कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई उक्त बेड हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा भारतको सहयोगका लागि धन्यवाद दिँदै मन्त्री कार्कीले ती शय्या अस्पतालहरुको आवश्यकता हेरी तुरून्त वितरण सुरु गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्