एमालेको जिकिर – प्रधानमन्त्रीले आज विश्वासको मत लिन मिल्दैन
काठमाडौं, साउन ३ । प्रधानमन्त्रीमा नियुक्त भएको एक सातामै शेरबहादुर देउवाले आजै संसदमा विश्वासको मत लिंदैछन् ।
एक महिनाभित्र विश्वासको मत लिने सुविधा रहेकाले प्रधानमन्त्रीले यसबारे हतारो नगर्ने अनुमान भइरहेकै बेला सत्ता पक्षले आजै विश्वासको मत लिने प्रस्ताव प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिमा पेस गरेको छ ।
प्रधानमन्त्री देउवाले विश्वासको मत पाउलान् कि नपाउलान् अहिले चासोको विषय बनेको छ । यसैबीच नेकपा (एमाले) का सांसदहरुले संविधानको धारा ७६ (५) अन्तर्गत बनेको सरकारले विश्वासको मत लिने कुरा नियमावलीमा नरहेको जिकिर गरेका छन्।
आइतबार बिहान बसेको कार्यव्ययस्था परामर्श समितिको बैठकमा एमालेले विश्वासको मत लिनका लागि अर्को मिति तोक्न पनि माग गरेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिनका लागि संसद् सचिवालमा प्रस्ताव दर्ता भइसकेको छ। विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् सचिवालयमा प्रस्ताव दर्ता भैसकेको छ।
आजै बस्ने प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्रीले देउवाले संविधान बमोजिम विश्वासको मत लिनेछन्। देउवालाई माओवादी केन्द्र, जसपा उपेन्द्र यादव पक्ष, एमाले माधवकुमार नेपाल पक्षलगायतको साथ छ।















प्रतिक्रिया दिनुहोस्