कोरोनाको जोखिम कायमै, तेस्रो लहरको पूर्वतयारीमा जुट्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौं, साउन ३ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीको तेस्रो लहरको पूर्वतयारीमा जुट्न निर्देशन दिएका छन्। देउवाले स्वास्थ्य मन्त्रालयका सचिव, मन्त्रालयका विशिष्ठ विज्ञ, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुखलगायतलाई आइतबार बोलाएर यस्तो निर्देशन दिएका हुन्।

निर्देशनका क्रममा देउवाले ‘कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सीमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बड र आईसीयूको प्रबन्ध गर्न’ निर्देशन दिएका हुन्।

यस्तै प्रधानमन्त्री देउवाले देउवाले कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन र खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमण घट्दो क्रममा रहेपनि मृत्युदर भने घटेको छैन । संक्रमित पनि फेला परिरहेका छन् । अझै कोरोनाको जोखि कायमै रहेको छ ।

प्रतिक्रिया दिनुहोस्