एमाले बैठक : १० बुँदे सहमति अनुमोदन, सरकारलाई समर्थन नगर्ने, विश्वासको मत नदिने

काठमाडौं, १ साउन । एमाले स्थायी कमिटी बैठकले पार्टी एकता बचाउन गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको छ ।

आज पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा ललितपुरको च्यासलमा बसेको बैठकले सहमति ग्रहण गर्दै कार्यदललाई धन्यवाद दिंदै कार्यदल विघटन गरेको छ ।

यस्तै नेकपा एमालेले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुको मात्र उपस्थिति रहेको बैठकले यो निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्