विवाद समाधानका लागि गठित कार्यदल भंग गर्ने स्थायी कमिटी निर्णय
काठमाडौं, साउन १ । नेकपा एमालेले पार्टी भित्रको विवाद समाधनका लागि गठित कार्यदल भंग गर्ने निर्णय गरेको छ। शुक्ररबार बसेको स्थायी कमिटी बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।
बैठकले कार्यदलले बुझाएको प्रतिवेदन ग्रहण र त्यसलाई अनुमोदन गर्ने निर्णय गरेको छ। बैठकले कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय समेत गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए।















प्रतिक्रिया दिनुहोस्