एमाले स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दै, यस्ता छन् एजेण्डा
काठमाडौं, साउन १ । नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक आज बस्दैछ ।बैठक बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने छ । स्थायी कमिटी बैठकका लागि माधव नेपाल र उनी पक्षका नेताहरुलाई पनि सूचना पठाइएको छ ।
यद्यपी असन्तुष्ट समूह बैठकमा सहभागी हुन्छ–हुँदैन भन्ने यकिन भएको छैन । नेपाल पक्षका कार्यदल सदस्यहरुकै सुझाव अनुसार स्थायी कमिटीको बैठक डाकिएको संस्थापन पक्षको दावी छ ।
बैठकका लागि ३ एजेण्डा तय गरिएको उनले जानकारी दिए । १० बुँदे सहमति छलफल र अनुमोदन, सर्वोच्च अदालतको फैसला र संसदमा हाम्रो भूमिका र केन्द्रीय कमिटी बैठक चाँडै राख्ने निर्णय र त्यसका एजेण्डाबारे छलफल हुने भएको छ ।
माधव नेपाल पक्षका नेताहरूलाई पनि बैठकमा निमन्त्रणा गरिएको छ । एमालेका दुई पक्ष (ओली र माधव नेपाल) एकताका लागि यसको पहलका लागि बनेको कार्यदलले यही असार २७ गते १० बुँदे सहमति जुटाएको छ ।
यस्तै आजै दिउसो ३ बजे संसद भवन नयाँ बानेश्वरमा एमाले संसदीय दलको बैठक पनि बस्दैछ । प्रतिनिधिसभा पुनः स्थापना भएपछि संसदमा एमालेले खेल्ने भूमिकाबारे छलफल गर्न बैठक बोलाइएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिएका छन् ।















प्रतिक्रिया दिनुहोस्