अबको निषेधाज्ञामा के खुल्ने, के नखुल्ने ? (सूचीसहित)

काठमाडौँ , असार ३१ । कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थपिएको छ । यो निषेज्ञाा अब साउन १० गतेसम्म जारी रहनेछ ।

आज काठमाडौं, भक्तपुर र ललितपुरका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले थप १० दिन निषेधाज्ञा थप गरेको हो । तर केही प्राबधानहरु अझै खुकुलो बनाएको छ । अब काठमाडौँ उपत्यका प्रवेश गर्ने सवारीसाधनका लागि जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी आदेशमा उल्लेख छ ।

निषेध गरिएका गतिविधिहरु:

सबै प्रकारकार सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार नाचघर, क्लब लगायत धेरै मानिस भिडभाड हुने क्षेत्र खोल्न नपाइने ।

खुला स्थानमा मानिसहरु भेला भई भिडभाड गर्न,जुलुस, जात्रा महत्सव भोज भतेर लगायतका क्रियाकलाप गर्न नपाइने ।

पुजारीबाट हुने नृत्य पूजा बाहेकका अन्या धार्मिक तथा साँस्कृतिक गतिविकिहरु सञ्चालन गर्न नपाउने ।
शैक्षिक संस्थाहरु भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाउने ।

स्थानीय ढुवानी विहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्न नपाउने ।
सञ्चालन गर्न पाउने गतिविधिहरु:

व्यवसायको हकमा

-औषधी तथा स्वास्थ्य सामाग्री सम्बन्धी पसल जुनसुकै समयमा निर्बाध रुपमा संचालन गर्ने ।
-औषधी पसल बाहेक अन्य व्यवसायहरु साँझ ७ ः ०० बजेसम्म सञ्चालन गर्न पाइने ।
-अत्यावश्यक वस्तुको अनलाइन अर्डर, रेष्टुरेण्ट एव फास्टफुड तथा अन्य अर्डरहरु टेक अवे वा होम डेलिभरी प्रयोजनकाृ लागि काठमाडौँ उपत्यका भित्र साँझ ७ः०० बजेसम्म सञ्चालन गर्ने ।

सवारी साधन सञ्चालनको हकमा

-कुल स्वीकृत सिट क्षमता भन्दा बढी यात्रु राख्न नपाइने ।
-यात्रु र सवारी चालक, सहचालकले अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्नुपर्ने ।
-चालक र सहचालकले अनिवार्य माक्स, भाइजर र पन्जा लगाउने ।
-सवारी साधनको ढोकामा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने ।
-अनिवार्य रुपमा सवारी साधन दैनिक स्यानिटाइज गर्नुपर्ने
-सफा टेम्पो तथा निलो माइक्रोले बुँदा ३ ९क० लगायत देहायका मापदण्ड पालना गरी सञ्चालन गर्ने ।
-उपत्यका भित्र सञ्चालन हुने निजी सवारी साधनको हकमा स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरी सञ्चालन गनए पाइने ।
-अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारी साधनहरुलाई आवतजावत गर्न दिईने ।
-सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुुवानी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने ।

परीक्षाको तथा अन्य विषयको हकमा

-विभिन्न निकायबाट पूर्व निर्धारित सबै किसिमका लिखित तथा प्रयोगात्मक परीक्षाहरु देहाय बमोजिम शर्त पालना गर्ने गरी सञ्चालन गर्न पाइने छ ।
-परीक्षा सञ्चालन हुने कुनै एक स्थानमा वा कक्षा कोठाको आकार अनुसार २५ जना भन्दा बढी परीक्षार्थीहरु राख्न नपाइने ।
-परीक्षा हलमा प्रवेश गर्नु पूर्व परीक्षा समाप्त भएपश्चात नेपाल सरकारले तोकेको मापदण्ड बिमोजिमको भौतिक दूरी कायम हुने व्यवस्था मिलाउनुपर्ने ।
-एउटा सिफ्टका सबै परीक्षार्थीहरु परीक्षा स्थलबाट पूर्ण रुपमा बाहिरिएपछि मात्र अर्को सिफ्टका परीक्षार्थी र सम्बन्धित व्यक्तिहरुलाई प्रवेश गर्न दिने ।
-परीक्षा स्थलमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्णरुपमा पालना गर्नुपर्ने ।
-गोष्ठी, तालिम, सेमिनार, बैठक समीक्षा, प्रशिक्षण जस्ता क्रियाकिलापहरु संञ्चालन गर्दा भर्चूअल माध्यमबाट गर्ने । उपस्थित नई गर्नेपर्ने भएमा बढीमा २५ जना मात्र सहभागी हुनृ गरी सञ्चालन गर्ने

बाँकी आदेशमा हेर्नुस्

 

प्रतिक्रिया दिनुहोस्