काठमाडौँ उपत्यकामा निषेधाज्ञा १० दिन थपियो , लामो दूरीका यातायात अझै नचल्ने (आदेशसहित)

काठमाडौँ, असार ३१ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा १० दिन थपिएको छ । झनै खुकुलो गर्दै १० दिन निषेज्ञाा थप गरिएको हो ।

बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय गरेको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले उपत्यकाको जारी निषेधाज्ञा भने १० दिन थप्ने निर्णय गरेको जानकारी दिए।

शुक्रबारदेखि काठमाडौं उपत्यकामा अत्यावश्यक कामले मात्र प्रवेश गर्न पाइने भएको छ । काठमाडौं आउन जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न दिइने भएको छ ।

थप भएको समयमा पनि लामो दूरीका यातायात सञ्चालन हुन पाउने छैनन्। तर अत्यावश्यक कामले काठमाडौं आउजाउ गर्न भने दिइने उल्लेख छ। होटल तथा सञ्चालनका लागि पनि यसअघिकै व्यवस्था कायम गरिएको छ।

यस्तो छ आदेश

प्रतिक्रिया दिनुहोस्