यतायातको भाडा फिर्ता लिन सरकारसँग पाँच विद्यार्थी संगठनको माग, नगरिए आन्दोलनमा उत्रने चेतावनी
काठमाडौं , असार ३१ । जाँदै–जाँदै ओली सरकारले स् २८ प्रतिशतसम्म गाडी भाडा बढायो , तर पाँच विद्यार्थी संगठनले ओली सरकारले यातायातमा बढाएको भाडा तत्काल फिर्ता गर्न सरकारसँग माग गरेका छन् ।
बिहीबार पाँच विद्यार्थी संगठनले विज्ञप्ति निकाल्दै यातायातमा बढाएको भाडा फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।तत्काल भाडा फिर्ता नगरिए आन्दोलनमा उत्रने समेत उनीहरुले चेतावनी दिएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘सरकारले सार्वजनिक यातायातमा २८ प्रतिशतसम्म भाडाबृद्धि गरेको छ । सरकारको यो निर्णयले नेपालको विद्यार्थी आन्दोलनलाई आक्रोशित बनाएको छ । भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं ।’
पाँच विद्यार्थी संगठनले साउन १ गते भोलि यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेशपछि आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेविसंघका महामन्त्री बल्देव तिमिल्सिनाले जानकारी दिए । ओली सरकारले लियम पदार्थ र गाडीका पार्टपूर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको थियो ।
यातायात व्यवस्था विभागले यात्रुवाहक सवारीसाधनको २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीसाधनको २० प्रतिशत र तराईमा सञ्चालन हुने मालवाहक सवारी साधनको २६ प्रतिशत भाडा बृद्धि गरेको हो । जनता मारमा परिरहेका बेला सरकारले भाडा बढाएको भन्दै आक्रोस व्यक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्