मन्त्रिपरिषद बैठक : संसद बैठक साउन ३ गते बोलाउन सिफारिस, दुई आयोगको म्याद थपियो

काठमाडौं, असार ३१ । सरकारले आउँदो साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउन सिफारिस गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले पुनर्स्थापित प्रतिनिधि सभाको बैठक साउन ३ गते बोलाउन राष्ट्रपति समक्ष सिफरिस गरेको हो ।

यस्तै सरकारले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद पनि गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद एक वर्ष थप गर्ने निर्णय गरेको हो ।

यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको बैठकपछि गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए ।असार २८ गते सर्वोच्च काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गर्दै प्रतिनिधिसभा विघटन बदर गरेर बैठक बोलाउन आदेश जारी गरेको हो।

प्रतिक्रिया दिनुहोस्