सुरु भयो सिंहदरबारमा मन्त्रिपरिषद बैठक , संसद अधिवेशन बोलाउन सिफारिस गर्ने तयारी

काठमाडौं, असार ३१ । सिंहदरबारमा मन्त्रिपरिषद बैठक शुरु भएको छ । बैठक भर्खरै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुरु भएको हो । मन्त्रिपरिषद बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद बैठक बोलाउन सिफारिस गर्ने तयारी गरेको जनाएको छ ।

यसअघि सर्वोच्च अदालतले आगामी साउन ३ गते संसद बैठक डाक्न परमादेश जारी गरेको थियो । सोही अनुसार बिहीबारको बैठकले संसद् बैठक आह्वानका लागि राष्ट्रपति समक्ष सिफारिस गर्न लागेको हो ।

यसअघि देउवा नेतृत्वको पहिलो मन्त्रिपरिषद् बैठकले चैत महिनाभित्र सबै नेपालीलाई कोरोना भाइरस ९कोभिड–१९० विरुद्धको खोप लगाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्