केपी ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौं, असार ३१ । एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्  । बैठक साउन १ गते शुक्रबार दिउसो ३ बजेलाई बोलाएका एमाले सांसद शेरबहादुर तामाङले जानकारी दिए ।उनका अनुसार बैठक संसद भवन नयाँ बानेश्वरमा बोलाइएको हो ।

गत असार २८ गते सर्वोच्च अदालतको फैसलापछि सत्ताच्युत भएका ओलीले पार्टीभित्रकै नेताका कारण आफ्नो नेतृत्वको सरकार ढल्न पुगेको भन्दै नेताहरूप्रति आक्रोश व्यक्त गरिरहेका छन् । ओली नेतृत्वको सरकारको विकल्पमा एमालेका माधव नेपाल पक्षका २६ जना सांसदले हस्ताक्षर गरेका थिए ।

ओलीले शुक्रबारको बैठकमा आफ्नो विरुद्धमा हस्ताक्षर गर्ने सांसदहरुलाई कारवाही गर्ने सम्भावना रहेको एमाले नेताहरुले बताएका छन् । हिजो मात्रै नेता नेपाललाई आफ्नो पार्टीमा कुनै पनि ठाउँ नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्