जनमोर्चा सरकारमा नजाने, देउवालाई विश्वासको मत दिने निर्णय
काठमाडौं, असार ३१ । सर्वोच्च अदालतको परमादेशपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । संवैधानिक प्रावधानअनुसार अब प्रधानमन्त्री देउवाले २७ साउनभित्र संसदमा विश्वासको मत लिनु पर्ने हुन्छ ।
देउवालाई विश्वासको मत पाउनका लागि संसदमा माधवकुमार नेपाल पक्षका नेताहरुले पनि मतदान गर्नु पर्ने हुन्छ । अन्यथा उनले विश्वासको मत पाउने छैनन् । उनले विश्वासको मत नपाएको खण्डमा फेरि प्रतिनिधिसभा विघटन हुनेछ र देशमा मध्यावधि निर्वाचन हुनेछ ।
यसका लागि विभिन्न नेताहरुले विश्वासको मत लिन पर्ने हुन्छ । देउवालाई नेता नेपाल पक्षले पनि मत दिने भनीसकेको छ भने यता राष्ट्रिय जनमोर्चाले पनि देउवाको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
तर जनमोर्चा सरकारमा भने सहभागी हुने छैन । प्रतिनिधि सभामा जनमोर्चाबाट दुर्गा पौडेल मात्रै सांसद छिन् । पाँच दलीय गठबन्धनमा जनमोर्चा पनि सहभागी साथ र समर्थन थियो । पौडेललाई मन्त्री हुन देउवाले आग्रह गरेका थिए ।
देउवा सरकारलाई जनता समाजवादी पार्टी नेपाल (जसपा) को उपेन्द्र बाबुराम पक्षले पनि समर्थन गरेको छ । उसले सरकारमा भने तत्काल नजाने निर्णय गरेको छ । यस्तै गठबन्धनमा रहेका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि देउवा सरकारलाई विश्वासको मत लिन सहयोग गर्ने बताइसकेका छन् ।















प्रतिक्रिया दिनुहोस्