बालकोट पुगेर ओलीले भने- ‘माधव नेपालले गद्दार गरे, अब पार्टीमा ठाउँ छैन’
काठमाडौँ , असार ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टीमा आत्मालोचना गर्ने ठाउ नभएको बताएका छन् ।
कार्यकर्ताको नारा जुलुससहित आफ्नो भक्तपुरको बालकोटस्थित निजी निवासमा पुगेका ओलीले कार्यकर्तालाई सम्बोधन गर्दै नेपालकै अगुवाईमा आफ्नो सरकार ढलेको आरोप लगाएका छन् ।
ओलीले अन्य नेताहरुले गल्ति स्वीकार गरेर आत्मालोचना गरेमा पार्टीमा ठाउँ दिने तर, माधव नेपालको हकमा त्यो लागु नहुने बताएका छन् । उनले भने( माधव नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।’
ओली निवासमा उपस्थित कार्यकर्ताले नेपाललाई कारवाही गरेर साधारण सदस्यबाट निकाल्न माग गर्दै नाराबाजी गरेका थिए ।
नवनियुक्त प्रधानमन्त्री देउवाले मङ्गलबार प्रधानमन्त्रीका रुपमा शपथग्रहण गरेपछि आज निवर्तमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाडेका हुन् । उनलाई पार्टी निकट सङ्गठन र उनका समर्थकले नारा–जुलुससहित बालकोटसम्म पछ्याएका थिए ।















प्रतिक्रिया दिनुहोस्