आफ्नै पार्टीका २६ जना ‘अराजक’ ले विपक्षीलाई बल पास गरे : ओली

काठमाडौं, असार २९ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका २६ जना ‘अराजक’ सांसदका कारण प्रधानमन्त्री पद गुमाउनु परेको बताएका छन् ।

आज देशवासीको नाममा सम्बोधन गर्दै ओलीले आफ्नै दलका ती २६ जना विद्रोही मात्र नभई अराजक भएर विपक्षीलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर लिएर राष्ट्रपतिकोमा गएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले फुटबल खेलमा आफ्नो पक्षका खेलाडीलाई बल पास गर्नुपर्नेमा विपक्षी दललाई बल पास गरेको टिप्पणी गरे ।

आफूले सिङ्गो जीवन कम्युनिष्ट आन्दोलनको रक्षमा बिताएको दावी गर्दै उनले आफूले गरेका राम्रा कामबाट आत्तिएर पार्टीको साधारण सदस्यबाट समेत हटाउने काम गरेको समेत स्मरण गरे । उनले अदालतको फैसला अनुचित आए पनि त्यसलाई पालना गरेर अघि बढ्ने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्