सरकारमा सहभागिताबारे छलफल गर्न जसपाको बैठक पनि शुरु भयो
काठमाडौं , असार २९ । सरकारमा सहभागिताको विषयमा छलफल गर्न जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरु भएको छ ।
पार्टी कार्यालय बालकुमारीमा बैठक शुरु भएको हो । बैठकमा सर्वोच्च अदालतको आदेशबाट बन्ने शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने विषय प्रमुख एजेण्डाको रुपमा रहेको एक नेताले जानकारी दिएका छन् ।
बैठकमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा। बाबुराम भट्टराई पक्षधर काठमाडौंमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु सहभागी छन् ।















प्रतिक्रिया दिनुहोस्