एक अस्पतालमा भिषण आगलागी , ४१ को मृत्यु
काठमाडौँ, असार २९ । इराकको एक अस्पतालमा भएको आगलागीमा परी कम्तीमा पनि ४१ जनाको ज्यान गएको छ ।
इराकको दक्षिण प्रान्त धिक्वारमा सो दुर्घटना भएको हो ।उक्त अस्पतालमा कोभिड १९का विरामीहरुको उपचार जारी रहेको थियो । अस्पतालमा सोमबार राति अकस्मात आगो लागेको थियो । सो अस्पताल इराकको राजधानी बगदादबाट करिब ३७५ किलोमीटर टाढा रहेको छ ।
विशेषगरी कोभिडका विरामीहरुको उपचार जारी रहेको सो अस्पतालमा आगो लागेको यहाँका सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । नासियारा शहरको सो अस्पतालमा आगलागी भएको बताइएको छ ।
उक्त अस्पतालमा निर्माण गरिएको कोभिड १९ का संक्रमितहरुलाई राखेर उपचार गर्ने क्वारेन्टाइनमा सो आगलागी भएको थियो । त्यसमा परेर ४१जनाको ज्यान नै गएको बताइएको छ भने अरु केही विरामीहरु घाइते भएका छन् ।
अस्पतालमा आगो लागेपछि ठूलो संख्याका अग्नि नियन्त्रकहरु आगो निभाउनका लागि खटाइएको थियो । तर उनीहरुले पनि लामो समयसम्म आगो नियन्त्रणमा लिन नसकेपछि ठूलो क्षति हुन पुगेको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्