सर्वोच्चको फैसलापछि साँझ ५ बजे विपक्षी गठबन्धनको बैठक बस्दै

काठमाडौं , असार २८ । सर्वोच्च अदालतको फैसलापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी गठबन्धनको बैठक बोलाएका छन् ।

बैठक साँझ ५ बजे सिंहदरबारमा बस्ने कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए ।

सर्वोच्च अदालतले आज प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन बदर गरेको छ । त्यस्तै, देउवालाई प्रधानमन्त्री बनाउन परमादेश पनि जारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्