प्रतिनिधिसभा विघटन : प्रधान न्यायाधीशसँग चार न्यायाधीश छलफलमा, कस्तो आउला फैसला ?

काठमाडौं, असार २८ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको फैसला गर्नुअघि प्रधान न्यायाधीशसँग चार जना न्यायाधीश छलफलमा जुटेका छन् ।

संवैधानिक इजलासमा रहेका न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्द मोहन भट्टराई प्रधान न्यायाधीशको चेम्बरमा छलफल गरिरहेका छन् ।

छलफलपछि संवैधानिक इजलास बस्ने बताइएको छ । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । छलफलपछि सोमबार फैसला आउने अपेक्षा गरिएको छ ।

फैसला सुनाउने सम्भावनाका बीच काठमाडौंमा चार वटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको छ । फैसलाले जन्माउने परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई ‘हाई अलर्ट’ मा राखिएको हो ।

आज काठमाडौंका सडकमा ७०० बढी प्रहरी परिचालन गरिएको छ भने अदालतले के फैसला गर्ला भन्ने चौतर्फी चासो छ ।

प्रतिक्रिया दिनुहोस्