काठमाडौं आइपुग्यो अमेरिकाले दिएको १५ लाख डोज खोप

काठमाडौं, असार २८ । अमेरिकाले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको १५ लाख डोज खोप काठमाडौं आईपुगेको छ। कतार एयरवेजको नियमित उडानमार्फत अमेरिकाले पठाएको खोप काठमाडौं आइपुगेको हो।

सोमबार ९आज० पत्रकार सम्मेलन गरेर अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन्। कोभ्याक्स कार्यक्रम अन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको खोप नेपाल आएको हो।

त्रिभुवन विमानस्थलमा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले पत्रकार सम्मेलन गरेर स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई खोप हस्तान्तरण गरे।अमेरिकामा जोन्सन एण्ड जोन्सन कम्पनीले विकास गरेको यो खोप एक मात्रा लगाए पुग्ने भनिएको छ।

नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकी जनताको सहयोगमा नेपालको लागि उपहार दिइएको जोन्सन एन्ड जोन्सन कम्पनीका पन्ध्र लाख चौंतीस हजार आठ सय पचास डोज कोभीड(१९ भ्याक्सीन काठमाडौं आइपुगेको जानकारी दिएका छन्।

एकपटक लगाए पुग्ने यो भ्याक्सीन पन्ध्र लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुने उनले बताएका छन् ।

झन्डै ७५ बर्ष लामो न्यानो नेपाल(अमेरिका सम्बन्धमा थप एक कोशेढुङा बनेको यो क्षण महामारीको अन्त्य गर्ने, आर्थिक क्षतिबाट पुनरूत्थान, तथा पहिलेको जस्तै जनजीवनको सामान्यीकरणको दिशातर्फको एक महत्वपूर्ण कदम हुने उनले अपेक्षा गरेका छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्