फेरि मनाङे खेलकुद मन्त्री, गण्डकीका विनाविभागीय दुई मन्त्रीले पाए जिम्मेवारी

काठमाडौँ, असार २७ । गण्डकी प्रदेश सरकारमा सहभागी दुई मन्त्रीले जिम्मेवारी पाएका छन् ।

लामो समयदेखि विनाविभागीय मन्त्री रहेका हरिशरण आचार्य र राजीव गुरुङ (दीपक मनाङे) ले मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

स्वतन्त्र सांसद दीपक मनाङेले खेलकुद मन्त्रालयको जिम्मेवारी पाएका छन् भने जनता समाजवादी पार्टी ९जसपा० का सांसद आचार्यले ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका हुन् ।

गण्डकी प्रदेश सरकार नयाँ गठन भइसकेपछि पनि लामो समय विवादित बनेको मन्त्रालय बाँडफाँड हुन सकेको थिएन ।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बजेटमाथिको छलफल कार्यक्रमअघि नै मन्त्रालयको विषयलाई टुंगो लगाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्