प्रधानमन्त्री ओलीले बोलाए स्थायी कमिटी बैठक
काठमाडौँ, असार २७ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बोलाएका छन् ।
एकताका लागि सहमति जुटाउन गठित कार्यदलले कसरत जारी राखेकै अवस्थामा अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन् । कार्यदलले सहमतिका लागि गरिरहेको प्रयास टुंगोमा नपुग्दै ओली बैठक बोलाएका छन् ।
बैठकमा स्थायी कमिटीका सबै सदस्यहरूलाई बोलाइएको छ । कार्यदलले सहमतिका लागि तयार गरेको मस्यौदामा वरिष्ठ नेता माधव कुमार नेपालले असहमति जनाएका छन् ।
जसका कारण अहिलेसम्म कार्यदलले सहमतिको मस्यौदालाई पूर्णता दिन सकेको छैन ।एमाले कार्यालय सचिव शेरबहादुर तामाङले ४ बजे बस्नेगरी स्थायी कमिटी बोलाइएको जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्