नागरिक आन्दोलनको प्रदर्शनमा प्रहरी हस्तक्षेप, सिंहदरबार गेट अगाडिबाट दर्जन बढी पक्राउ
काठमाडौं , असार २७ । स्वास्थ्य शिक्षामा भइरहेको चरम बेथितिविरुद्ध सिंहदरबार घेर्न गएका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान सिंहदरबार गेट अगाडिबाट प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उत्पन्न समस्या समाधानको माग गर्दै सिंहदरबारको गेट अगाडि प्रदर्शनमा उत्रिएका अभियन्ता नारायण, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, विमल अर्याल, अर्चना थापा वाग्लेसहित दर्जन बढी पक्राउ परेका हुन्।
प्रदर्शनका क्रममा उनीहरूहरूले निषेधित क्षेत्र तोडेपछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखेको छ ।
प्रतिक्रिया दिनुहोस्