हेइटीका राष्ट्रपतिको हत्यामा २८ जना संलग्न

काठमाडौं, असार २५ । हेइटीका राष्ट्रपति जोभिनल मोइसको हत्यामा २८ जना संलग्न भएको प्रहरीले जनाएको छ ।

त्यसमध्ये २६ जना कोलम्बिया तथा २ जना हेइटी–अमेरिकी रहेको बताइएको छ । ती मध्ये ३ जनाको प्रहरीको गोली लागेर मृत्यु भएको जनाइएको छ

हत्यारा र प्रहरीबीचको भिडन्त भने जारी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । हेइटी प्रहरीका निर्देशक लियोन चाल्र्सका अनुसार १५ कोलम्बियाली र दुई हेईटी–अमेरिकीलाई पक्राउ गरिएको छ ।

तीन कोलम्बियाली मारिएका छन् भने आठ अझै फरार छन् । बुधबार बिहान हतियारधारीले राष्ट्रपति भवनमा प्रवेश गरी राष्ट्रपति जोभिनल मोइसमाथि आक्रमण गर्दा मोइसको घटनास्थलमै मृत्यु भएको थियो । मोइसकी श्रीमती घाइते भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्