खाद्य प्रशोधन कारखानामा आगलागी , ५२ जनाको मृत्यु
काठमाडौं, असार २५ । बंगलादेशको खाद्य प्रशोधन कारखानामा आगलागी हुँदा ५२ जनाको मृत्यु भएको छ ।
३० जना घाइते भएका छन् । शुक्रबार दिउँसो भएको आगलागीमा परे केही मजदुर हराइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।
कारखानमा काम भइरहेको समयमा आगलागी भएका कारण भागदौड मच्चिएको थियो ।
केही मजदुर हाम फालेका थिए । जसका कारण घटनामा मृत्यु हुने तथा घाइतेको सङख्या बढी भएको हुन सक्ने आशंका गरिएको छ ।
के कारण आगलागी भएको हो भन्ने अहिलेसम्म पुष्टि भएको छैन् ।
प्रतिक्रिया दिनुहोस्