काठमाडौँमा थपिए ३ सय ८० जना संक्रमित
काठमाडौं , असार २५ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३ सय ८० जना संक्रमित थपिएका छन् ।
यसमध्ये काठमाडौँ जिल्लामा सर्वाधिक २६१ जना, ललितपुरमा ७४ जना र भक्तपुरमा ४५ जना रहेका छन् । प्रदेश १ मा ४११ जना, प्रदेश २ मा ४० जना, बागमती प्रदेशमा ७ सय जना, गण्डकीमा १७४ जना, लुम्बिनीमा ९० जना, कर्णालीमा ५९ जना र सुदूरपश्चिममा ८ जना संक्रमित थपिएका छन् ।
यसरी देशभर २ हजार २३९ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार ३१३ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १४७९ जना संक्रमित बनेका छन् भने एन्टिजेन विधिबाट ७६० जनामा संक्रमण पुष्टि भएको हो ।
यही अवधिमा थप १३१६ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म ६ लाख १६ हजार ९२९ जना संक्रमणमुक्त भइसकेका छन् । नेपालमा निको हुने दर ९४।५ प्रतिशत रहेको छ ।
५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लाहरुमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर र कास्की रहेका छन् ।
हाल २३ हजार ९२० जना होम आइसोलेसनमा, २ हजार ६ ७० जना संस्थागत आइसोलेसनमा, ५३९ जना आईसीयूमा र १६६ जना भेन्टिलेटरमा रहेका छन् ।
कोभिड–१९ बाट थप २० जनाको मृत्यु भएको छ । हालसम्म ९ हजार ३४० जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्