काठमाडौँ उपत्यकामा थपिए ४२७ कोरोना संक्रमित

काठमाडौँ, असार २४ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ४२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २८७, ललितपुरमा ८२ र भक्तपुरमा ५८ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै आज कोरोनाबाट २९ जनाको मुत्यु भएको छ भने थप १ हजार ८ सयमा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्