एमाले कार्यदलको बैठक आज पनि बस्दै , ओली र नेपालबीच भएको ‘वान टु वान’ वार्ता सकारात्मक

काठमाडौं , असार २४ । नेकपा एमालेको विवाद समाधान कार्यदलको बैठक आज पनि बस्ने भएको छ । यसअघि भएका बैठकमा छलफल हुन बाँकी विषयमा आजको बैठक केन्द्रित हुने कार्यदल सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिजो ‘वान टु वान’ वार्ता भएको थियो । “उहाँहरूको कुराकानी सकारात्मक छ । सकारात्मक ढंगले उठेर हिँड्नु भएको छ । बाँकी कुरा कार्यदल बैठकमा हुन्छ,” नेता पाण्डेले भने ।

बुधबार साँझ ओली र नेपालबीच मेरियट होटेलमा दोस्रो तहका नेताहरूसहित भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा पार्टी एकतालाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको नेता भीम रावलले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्