तेस्रो लहर आउन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले भन्यो- सामना गर्न तयार रहौँ

काठमाडौं , असार २३ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड–१९ को तेस्रो लहर आउन सक्ने भन्दै सबै मिलेर सामना गर्नुपर्ने जनाएको छ ।

तेस्रो लहरको संक्रमणको जोखिम कम गर्न नागरिकको तर्फबाट जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

बुधबार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलले पछिल्लो समय देखिएको कोरोनाभाइरस हावाबाट पनि सर्न सक्ने भएकाले कार्यास्थलहरुमा सकेसम्म खुला ठाउँमा रहन तथा सतर्कता अपनाउन आग्रह गरे ।

नेपालमा अहिले कोभिड–१९ का डेल्टा ए वाई १ र कप्पा भेरियन्ट सक्रिय रहेको मन्त्रालयले जनाएको छ । गएको वैशाख २६ देखि जेठ २० गतेसम्मको नमुना परीक्षणमा मुख्य रुपमा डेल्टाको म्युटेन्ट रुप एवाई १ र कप्पा भाइरस सक्रिय रहेको पाइएको डा। पौडेलले जानकारी दिए ।

कोभिडको दोस्रो लहरमा डेल्टा र एवाई १ भेरियन्ट सक्रिय देखिएकोमा पछिल्लो समय कप्पा थपिएको हो ।

प्रतिक्रिया दिनुहोस्