थप २ हजार ६३४ जनामा कोरोना संक्रमण पुष्टि , १ हजार ५६५ जना निको भए, १५ जनाको मृत्यु

काठमाडौं, असार २२ । गत २४ घण्टामा नेपालमा २ हजार ६३४ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ५६५ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ५०३ पीसीआर परीक्षण गर्दा १ हजार ७१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ८२ परीक्षण गर्दा ९१६ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा १५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार २६३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्