नेपाल एयरलाइन्सले फाप्लुमा तीन उडान गर्ने
काठमाडौं, असार २२। नेपाल एयरलायन्सले उडान तालिका परिर्वतन गर्दै सोलुखुम्बुको फाप्लु विमानस्थलमा साताको तीन उडान गर्ने भएको छ ।
कोरोनाका कारण जारी निषेधाज्ञामा लामो समयदेखि नियमित अब नियमित गर्न लागिएको हो । आन्तरिक उडान खुलाउने सरकारको निर्णयसँगै नेपाल एयरलायन्सले सोलुखुम्बुको फाप्लु विमानस्थलमा आइतबार, मङ्गलबार र शुक्रबार उडान गर्ने भएको छ ।
असार १७ गतेबाट नै उडान गर्ने भनिए पनि लगातारको मौसम प्रतिकुलताका कारण एक सातादेखि उडान हुन नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण फाप्लुले जनाएको छ । उडान हुने भएपछि स्थानीय खुशी भएका छन् । आन्तरिक उडान नहुँदा बिरामीहरूले लाखौँ रकम तिरेर हेलिकोप्टर चार्टर गर्नुपर्ने बाध्यता थियो ।
त्यस्तै, जिल्लाको पर्यटकीय क्षेत्र खुम्बुमा रहेको लुक्लाको तेन्जिङ हिलारी विमानस्थलमा पनि उडान हुन सकेको छैन । मौसमकै कारण एक हप्तादेखि उडान अवरुद्ध बनेको लुक्ला विमानस्थलले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्