आजदेखि काठमाडौ उपत्यकामा निषेधाज्ञा थप खुकुलो, सवारीसाधनमा जोर–बिजोर हट्योे

काठमाडौं, असार २२ । काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा अझ खुकुलो भएको छ । स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सबै किसिमका परीक्षा सञ्चालन गर्न खुला गरिएको छ भने सवारीसाधानमा पनि जोर–बिजोर प्रणाली हटाइएको छ ।

यसअघि निजी तथा सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर नम्बरवाला र बिजोर गतेका दिन बिजोर नम्बरवाला मात्र चलेका थिए ।

गएको आइतबार बसेको उपत्यकाका तीन जिल्ला ९काठमाडौं, ललितपुर र भक्तपुर० का प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले थप खुकुलो बनाएर आजदेखि एक हप्ता अर्थात् असार ३१ सम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

कोरोना महामारी कहि मत्थर भएका कारण नागरिकको जनजीवनलाई पूर्ववत अवस्थामा फर्काउन निषेधाज्ञा खुकुलो गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्