हस्ताक्षर फिर्ता लिने समय सकियो, खनाल–नेपाल समूहले गर्‍यो अस्वीकार

काठमाडौं, असार २१ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिन दिएको समायावधि सकिएको छ । केन्द्रीय कमिटीको शुक्रबारको बैठकले  आज साँझ ५ बजेभित्र हस्ताक्षर फिर्ता लिन निर्देशन दिएको थियो ।

खनाल–नेपाल समूहका २३ जना सांसदले संसद् विघटन र देउवालाई प्रधानमन्त्री बनाउने रिटमा हस्ताक्षर गरेका थिए । खनाल–नेपाल समूहले हस्ताक्षर फिर्ता लिने निर्देशन अस्वीकार गरेको छ । उक्त प्रस्तावमा हस्ताक्षर गरेका सांसद जीवनराम श्रेष्ठले हस्ताक्षर फिर्ता नहुने जानकारी दिए ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतमा रहेको हस्ताक्षर फिर्ता नलिए पार्टी एक नरहने उद्घोष गरेका थिए ।यता सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको परेको बहस सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्