प्रतिनिधिसभा विघटन मुद्दा : निवेदकको जवाफी बहस पनि सकियो, अब एमिकस क्युरीले राय राख्दै
काठमाडौं, असार २१ । प्रतिनिधिसभा पुनः स्थापना र प्रधानमन्त्रीको मुद्दामा रिट निवेदकको तर्फबाट जवाफी बहस पनि सकिएको छ । सोमबार टि ब्रेक पहिले उनीहरुको तर्फैबाट बहस सकिएको हो ।
निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरु रमनकुमार श्रेष्ठ, हरिहर दाहाल, बद्रीबहादुर कार्की, शम्भु थापा र कृष्णप्रसाद भण्डारीले जवाफी बहस गरेका हुन् । जवाफी बहसका लागि उनीहरुलाई तीन घण्टा समय दिइएको थियो ।
चिया ब्रेकपछि एमिकस क्युरीको तर्फबाट राय राख्ने तयारी भइरहेको छ । एमिकसका चार जना वरिष्ठ अधिवक्ताहरुका लागि २ घण्टा समय तोकिएको छ । उनीहरुको रायसँगै सुनुवाइ सकिने छ । सुनुवाइ सकिए पनि फैसला कहिले आउने भन्ने अझै निश्चित छैन । असार ९ गतेबाट सुनुवाइ शुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्