२६ कात्तिक र ३ मंसिरमा चुनाव गर्ने गरी आयोगद्वारा कार्यतालिका स्वीकृत

काठमाडौं, असार २१ । निर्वाचन आयोगले प्रतिनिधिसभाको दुवै चरणको चुनावी कार्यतालिका स्वीकृत गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर २६ कात्तिकमा पहिलो चरण र ३ मंसिरमा दोस्रो चरणको निर्वाचन घोषणा गरेकी थिइन् ।

विपक्षी दलहरूले संसद् पुनर्स्थापनालगायत माग राखेर यसविरुद्ध सर्वोच्च अदालतमा हालेको रिटको सुनुवाइ जारी छ। तर, आयोगले भने सरकारको निर्देशनअनुसार भन्दै निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ

प्रतिक्रिया दिनुहोस्