फिलिपिन्समा विमान दुर्घटना: ४७ सेनासहित ५० जनाको मृत्यु, ४९ घाइते

काठमाडौँ, असार २१ । फिलिपिन्समा आइतबार भएको सैन्य विमान दुर्घटनामा परेर हालसम्म ५० जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ४७ सेना र ३ सर्वसाधारण भएको बताइएको छ। घाइते हुने सबै ४९ जना सेना नै भएको बीबीसीले उल्लेख गरेको छ।

सुलु प्रान्तको जोलो टापुमा अवतरणका क्रममा विमान दुर्घटना भएको थियो। लकहीड सी–१३० विमान दुर्घटनाग्रस्त हुँदा त्यहाँ ९६ सेना सवार थिए।

सो विमानले तीन आम नागरिकको पनि ज्यान लिएको जनाइएको छ। विमान कसरी दुर्घटना भयो भनेर हालसम्म पत्ता लाग्न सकेको छैन।

अहिले फ्लाइटको डाटा रेकर्डरको खोजी भइरहेको छ। सो रेकर्डर भेटिएपछि दुर्घटनाको कारण खुल्नेछ।

 

प्रतिक्रिया दिनुहोस्