मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक, दल दर्ता आह्वान गर्दै आयोग

काठमाडौं, असार २१ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ गते पहिलो चरण र मंसिर ३ गते दोस्रो चरणको निर्वाचन घोषणा गरेको थियो ।

आयोगको कार्यतालिका अनुसार पहिलो चरणको निर्वाचनका लागि असोज २० उम्मेद्वारी मनोनयन, असोज २५ गते अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।

त्यस्तै दोस्रो चरणका लागि असोज ३१ गते उमेदवारी मनोनय दर्ता गर्ने, कात्तिक ५ गते उम्मेद्वारको अन्तिम नामावली सार्वजनिक गर्ने आयोगको कार्यतालिका छ । एक अधिकारीका अनुसार सोमबार दल दर्ताका लागि आह्वानसहित निर्वाचन कार्यक्रम सार्वजनिक हुनेछ ।

प्रतिक्रिया दिनुहोस्