मन्त्री श्रेष्ठलाई बर्खास्त गर्न माग गर्दै रुपा सुनारद्वारा सर्वोच्चमा रिट
काठमाडौं , असार २० । जातीय भेदभाव तथा छुवाछुत कसुर आरोपमा कारबाहीको माग गर्दै शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।तनहुँकी रुपा सुनारले आइतबार शिक्षामन्त्री श्रेष्ठविरुद्ध सर्वोच्चमा रिट दर्ता गराएकी हुन् ।
मन्त्री श्रेष्ठले पदीय ओहोदा र सरकारी स्रोतको दुरुपयोग गरी संविधान तथा कानुनले बर्जित गरेको जातीय भेदभाव तथा छुवाछुत जस्तो गम्भीर मुद्दाको अपराध अनुसन्धानलाई प्रभावित गरेको भन्दै रिटमा उनलाई पदबाट हटाउन माग गरिएको हो ।
थरको कारण देखाउँदै बबरमहलकी घरबेटी सरस्वती प्रधानले सुनारलाई कोठा नदिएपछि उनले प्रहरीमा जाहेरी दिएकी थिइन् । पक्राउ परेकी घरबेटी प्रधानलाई छुटाउन शिक्षामन्त्री श्रेष्ठ महानगरीय प्रहरी वृत्त सिंहदरबार पुगेका थिए ।
शिक्षामन्त्री श्रेष्ठले प्रधानलाई झन्डावाला गाडीवाला गाडीमा हालेर घरसम्म पुर्याएको भन्दै रुपाले सर्वोच्चमा रिट दायर गरेकी हुन् ।















प्रतिक्रिया दिनुहोस्