प्रधानन्यायाधीश राणाको प्रश्न: धारा ७६ को (२) र (५) मा के भिन्नता छ ?

काठमाडौं, असार २० । प्रतिनिधिसभा विघटन विरुद्ध परेको रिटको संबैधानिक इजलासमा सभामुख अग्निप्रसाद सापकोटाको पक्षबाट बहस गरेका अधिवक्ता मेघराज पोखरेललाई प्रधानन्यायाधीश चोलेन्द्र समशेर राणाले संविधानको धारा ७६ को (२) र (५) मा के भिन्नता छ ? भनी प्रश्न गरेका छन्।

जवाफमा पोखरेलले उपधारा ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्ने आधार हुँदा हुँदै धारा मिचेको जिकिर गरे।

‘उपधारा २ मा दल भनिएको छ, र उपधारा ५ मा विश्वासको मत प्राप्त गर्ने आधार भनिएको छ। उपधारा २ नै सबथोक हो भने ५ किन राख्नुपर्यो? त्यसैले उपधारा ५ मा दल भएको छैन,’ उनले भने ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज (आइतबार) प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमा बहस जारी छ । आज सभामुख अग्निप्रसाद सापकोटाका कानुन व्यवसायीले बहस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्