काठमाडौं उपत्यकामा फेरि थप एक साता निषेधाज्ञा थप्ने तयारी , तीन सीडीओको बैठक बस्दै
काठमाडौं, असार २० । काठमाडौं उपत्यकामा फेरि निषेधाज्ञा थप्ने तयारी भइरहेको छ । कोरोना भाइरस संक्रमण महामारी मत्थर भए पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेको ठहर गर्दै थप एक साता निषेधाज्ञा थप्ने तयारी भएको हो ।
उपत्यकामा निषेधाज्ञा थप्ने विषयमा छलफल गर्न आज आज दिउँसो ३ बजे तीन जिल्ला ९काठमाडौं, ललितपुर र भक्तपुर० का प्रमुख जिल्ला अधिकारी (सीडीओ) को संयुक्त बैठक बस्ने तयारी भइरहेको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिएका छन् ।
यसअघि घोषित निषेधाज्ञाको अवधि सोमबार राति १२ बजेबाट सकिंदैछ । पछिल्लो पटक थपिएको निषेधाज्ञामा २५ वटाभन्दा बढी सिट भएका सार्वजनिक बसलाई जोर–बिजोर प्रणालीका आधारमा सञ्चालन हुन दिइएको छ भने खाद्यपसल बिहान ६ बजेदेखि तथा अन्य पसल पनि बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म खुला गरी सहज बनाइएको छ ।
यस पटक थपिने निषेधाज्ञा अझ खुकुलो बनाउने तयारी भइरहेको हो । काठमाडौं उपत्यकामा गत वैशाख १६ मा शुरु निषेधाज्ञा पकट पकट अवधि थपेर लम्ब्याउने क्रम जारी छ । तर क्रमशः खुकुलो पनि बनाउँदै लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्