पाँच विद्यार्थी संगठनद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा
काठमाडौं , असार १८ । विपक्षी गठबन्धन आवद्ध ५ विद्यार्थी संगठनले प्रतिनिधिसभा विघटनविरूद्ध आन्दोलनका कार्यक्रम जारी राख्ने निर्णय गरेका छन् । शुक्रबार बसेको विद्यार्थी संगठनहरुको संयुक्त बैठकले तीन दिने विरोध कार्यक्रम घोषणा गरेको छ ।
बैठकले असार १९ गते शनिबार ७७ जिल्लामा मसाल जुलुस गर्ने निर्णय गरेको छ। यस्तै असार २० गते विद्यार्थी आन्दोलनका पूर्व अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम राख्ने निर्णय भएको छ ।
असार २१ गते संविधान रक्षाका लागि काठमाडौंको माइतीघर मण्डल र उपत्यकाबाहिर पनि प्रदर्शन गर्ने निर्णय भएको विद्यार्थी संगठनहरूले जारी गरेको नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले बताए।
त्रिविमा एमफिल र पीएचडी लगायतमा बढाएको शुल्क वृद्धि विरूद्ध आन्दोलनरत विद्यार्थीको संघर्षप्रति ऐक्यबद्धता जनाउँदै उनीहरूले बढाइएको शुल्क फिर्ता लिन माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्