वरिष्ठ अधिवक्ता गुरागाईंको दाबि – संसद पुनर्स्थापना भएपनि सरकार बन्न सक्ने अवस्था छैन
काठमाडौं , असरा १८ । वरिष्ठ अधिवक्ता रमेश गुरागाईँले संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न नसक्ने दाबी गरेका छन् ।
संसद विघटन खारेजको माग गर्दै परेको रिटमा प्रधानमन्त्रीको तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता गुरागाईले भने, ‘संसद पुनर्स्थापना भयो भने पनि सरकार बन्न सक्ने अवस्था छैन । बने पनि विश्वासको मत पाउन सक्ने अवस्था छैन ।’
५ पुस २०७७ मा पनि संसद पुनर्स्थापना गर्दा पनि सरकार दिन नसकेको भन्दै उनले भने, ‘संसद पुनस्र्थापन भएन भने चुनाव हुन्छ र चुनाव भयो भने देशले अग्रगामी कोर्स समाउँछ । जनताले मताधिकार प्रयोग गर्छन् र देश अगाडि बढ्छ ।’
वरिस्ठ अधिवक्ता बिष्णुमणि अधिकारीले पनि सरकार बन्न नसक्ने अवस्था भएकाले विघटनको कुनै विकल्प नभएको बताए
वरिष्ठ अधिवक्ता रमेश गुरागाईंले प्रतिनिधिसभाले रिजल्ट नदिएपछि जनतामा निराशा पैदा भएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट संवैधानिक इजलासमा शुक्रबार बहस गर्दै गुरागाईंले सभामुख एकातिर, संसद एकातिर र दलहरु एकातिर भएको अवस्था रहेको बताए ।
अदालतले पुनः स्थापना गरेको संसदले पनि सरकार दिन नसकेको हुनाले दोस्रो पटक विघटनको आवश्यकता परेको उनको भनाइ छ ।
संसदबाट नकारात्मक रिजल्ट मात्रै आएको हुनाले अदालतले विघटनको निर्णय सदर गर्नुपर्ने उनले बताए । रिट निवेदकले मागेअनुसार संसद पुनः स्थापना भएमा आउने रिजल्टभन्दा चुनावबाट आउने रिजल्ट उत्तम हुने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्