स्वास्थ्य मन्त्रालयका चार सहसचिवको बढुवा

काठमाडौं , असार १८ । स्वास्थ्य तथा जासंख्या मन्त्रालयका चारजना सहसचिव सचिवमा बढुवा भएका छन् ।

बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले प्रशासन महाशाखा प्रमुखसहित चारजनालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

प्रशासनतर्फ डा। दामोदर रेग्मी र गणेशप्रसाद पाण्डे तथा प्राविधिकतर्फ डा। कृष्णप्रसाद आचार्य र प्रमिला बज्राचार्यलाई सचिवमा बढुवा गरिएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्