मेलम्चीमा फेरि बाढीको जोखिम, पूर्व सूचना दिने ‘साइरन’ जडान
काठमाडौं, असार १८ । लगातारको वर्षाका कारण सिन्धुपाल्चोकको मेलम्चीमा जल सतह बढेको छ । अविरल वर्षाका कारण मेलम्चीमा फेरि बाढीको जोखिम बढेको छ ।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाले नदी क्षेत्रका नागरिकलाई बाढी आउनु पूर्व सूचना दिलाउन साइरन जडान गरेको छ ।
साइरन जडानसँगै आगामी दिनमा बाढीबाट हुने मानवीय क्षति कम हुने अपेक्षा गरिएको छ । यही असार १ गते र त्यसयताको वर्षा तथा बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो क्षति भएको छ ।
प्रतिक्रिया दिनुहोस्