कास्कीमा गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु, चालकले भने भागेर ज्यान जोगाए
काठमाडौं, असार १७ । कास्कीमा गुडिरहेको एम्बुलेन्समाथि पहिरो खस्दा बिरामीको मृत्यु भएको छ ।
कास्कीको मादी गाउँपालिकामा बिरामी बोकेको एम्बुलेन्समाथि पहिरो खस्दा एम्बुलेन्समा सवार बिरामी ८३ वर्षीय गोमा अधिकारीको मृत्यु भएको हो। एम्बुलेन्स मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको थियो ।
पहिरो खस्दा दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । घाइते अधिकारीलाई थप उपचारका लागि पोखरा ल्याइएको छ ।
पहिरोले एम्बुलेन्सलाई करिब सय मिटर तल बगाएको छ । खहरे होलामा एक्कासी लेदोसहितको बाढी आएर एम्बुलेन्समाथि परेको थियो । चालकले भने भागेर ज्यान जोगाएका छन् ।
प्रतिक्रिया दिनुहोस्