प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं, असार १७ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । साँझ ६ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमाबैठक बोलाएको हो ।

आज बस्ने बैठकले रिक्त रहेका ४ सचिवको नियुक्ति गर्ने भएको छ । सचिव रिक्त रहेका स्थानमा पदपूर्तिका लागि लोकसेवा आयोगले सहसचिव बढुवाको सिफारिस गरेको छ । आयोगले प्रशासन समूहबाट सहसचिवहरू गणेश पाण्डे, मधुसूदन बुर्लाकोटी र कृष्णहरि पुष्करलाई सिफारिस गरेको छ । उनीहरुमध्ये एकजना सचिव नियुक्त हुनेछन् ।

यस्तै कृषि तथा वन समूहबाट सहसचिव कृष्णप्रसाद आचार्य, निरु दाहाल र दिपक खराल सिफारिस भएका छन् । इन्जिनियरिङ सेवाबाट प्रमिला बज्राचार्य, सुशीलचन्द तिवारी र गोपालप्रसाद सिग्देल सिफारिस भएका छन् । सो समूहबाट एक–एक जना सचिव बन्नेछन् ।

यता प्रशासन सेवाबाट एक जनामात्र सहसचिव डा।दामोदर रेग्मी सिफारिस भएकाले उनी सचिव बन्ने पक्का भएको छ । मन्त्रिपरिषदको आज बस्ने नियमित बैठकले मन्त्रालयगत सिफारिसका आधारमा अन्य निर्णयहरु पनि गर्ने समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्