राउटे युवतीमाथि यौन दुव्र्यवहार गर्ने तीन जना युवा जेल चलान

काठमाडौं, असार १७ । राउटे समुदायका युवतीलाई होटलमा लगेर मदिरा सेवन गराई यौन दुव्र्यवहार गर्ने तीनजना युवालाई कारागार चलान गरिएको छ ।

बुधबार उनीहरुलाई जिल्ला अदालत सुर्खेतका न्यायाधीश दिलप्रसाद सापकोटाको इजलासले पुर्पक्षका लागि कारागार चलान गरेको हो ।

राउटे युवतीमाथि यौन दुव्र्यवहारका आरोपित चोमन भन्ने चौमनबहादुर घर्ती, भुपेन्द्र बुढामगर र मिलन भन्ने मनबहादुर पुनलाई कारागार चलान गरिएको जिल्ला अदालत सुर्खेतले जनाएको छ ।

उनीहरुलाई करणी सम्बन्धी कसुर जबरजस्ती करणी अपराध मुद्दामा अनुसन्धानको क्रममा इलाका प्रहरी कार्यालय छिन्चुले पक्राउ गरेको थियो ।

ती युवाहरुले राउटे समुदायका दुई युवतीलाई होटलमा लगेर मदिरा खुवाएर यौन दुव्र्यवहार गरेको भिडियो फेसबुकमार्फत सार्वजनिक भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्