आज बस्ने भनिएको कांग्रेस बैठक स्थगित
काठमाडौं, असार १७ । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक स्थगित भएको छ। तयारी नपुगेको भन्दै बैठक स्थगित भएको नेताहरुले बताएका छन्।
क्रियाशील सदस्यता वितरण मापदण्डलगायतका विषयमा छलफल गर्न आज २ बजे बस्नेगरी सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका थिए।
आवश्यक तयारी नपुगेको भन्दै शुक्रबार २ बजे बस्नेगरी बैठक स्थगित भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठकले क्रियाशील सदस्यता छानबिनको मापदण्डका विषयमा देखिएको विवाद हल गर्ने बताइएको छ।















प्रतिक्रिया दिनुहोस्