दिउँसो २ बजे कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौँ , असार १७ । नेपाली कांग्रेसका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । कांग्रेस क्रियाशील सदस्यको विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारी बैठक बोलाएका छन् ।

दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको बैठकमा पार्टी पदाधिकारी, पूर्वपदाधिकारी, क्रियाशील सदस्यता छानबिन समिति संयोजक र सदस्यलाई अनिवार्य सहभागि हुन भनिएको छ ।

पछिल्लो समय कांग्रेस क्रियाशील सदस्यहरुको छानबिन समितिको काम विवादमा छ । छानबिन समितिका संयोजक रमेश लेखक पनि विवादमा तानिएका छन् ।क्रियाशील सदस्यताको विषयमा तीव्र विवाद देखिएको छ ।

क्रियाशील सदस्यताको टुंगो लगाउन रमेश लेखक संयोजक रहेको छानबिन समिति बनाए पनि मापदण्ड बनाउन नसक्दा उजुरीमाथि छानबिन गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्