राजसंस्थासहित हिन्दू राज्यको माग गर्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ, असार १६ । राजसंस्थासहित हिन्दू राज्यको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । राजसंस्थासहितको वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्न माग राख्दै ‘स्वतन्त्र नागरिक समाज’ नामक अभियानले काठमाडौँमा प्रदर्शन गरेको हो ।
बुधबार काठमाडौँको माइतीघरमा उनीहरुले प्रर्दशन गरेका हुन् । प्रर्दशनमा शाह बंशीय राजसंस्था सहितको प्रज्ञातन्त्र र वैदिक सनातन हिन्दू अधिराज्य कायम गर्नुपर्ने भन्दै प्रर्दशन गरेका हुन् ।

यस्तै निषेधाज्ञाको राजनीति बन्द गर्नुपर्ने, राष्ट्रिय एकता कायम गर्नुपर्ने पनि जनाएका छन् । प्रदर्शनमा सहभागीहरुले सम्पूर्ण नेपालीलाई कोरोना खोप सुनिश्चित गर्नुपर्ने, हिन्दू राष्ट्र कायम गर्नुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए ।

समय समयमा राजसंस्थासहित हिन्दू राज्यको माग गर्दै काठमाडौँ लगाएत विभिन्न ठाउँमा प्रदर्शन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्